भरतपुर विमानस्थल १० दिन बन्द
चितवन । धावनमार्ग र पार्किङ स्थलको मर्मतका लागि भरतपुर विमानस्थल १० दिनको लागि बन्द हुने भएको छ । आइतबार सुरु गरिएका सो धावनमार्गमा पिचका साथै पार्किङस्थलको विस्तार गरिने छ । निर्माण अवधिभर सबै उडान बन्द गरिने सूचना अधिकृत केशव लम्सालले जानकारी दिए ।
लम्सालले धावनमार्गमा पिच थप ओभर ले गर्न र विमानस्थलमा जहाज पार्किङ क्षेत्र विस्तारको लागि उडान बन्द गरिएको बताए। २०६० साल देखि धावनमार्गमा कुनैपनि पनि पिच नगरिएकाले धावनमार्ग बन्द गरेर काम गर्नु परेको उनले बताए ।
सो विमानस्थलबाट काठमाडौं तथा पोखरामा दैनिक ११ उडान तथा अवतरण गरिर्दै आएको छ । विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिदै आएका छन् ।


प्रतिकृया दिनुहोस