• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

प्रम ओलीको स्वास्थ्यमा निरन्तर सुधार

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य उल्लेखनिय सुधार भएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ ।’

प्रधानमन्त्री ओलीको १० मंसिरमा सोही अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्रीलाई आराम चाहिएकाले परिवारबाहेक अरुलाई भेट्न नदिइएको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ । प्रधानमन्त्री आ‍ेलीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्री इश्वर पोखरेल लगायतले भेटिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस