• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

नेकपालाई जिल्याउँदै धरानमा कांग्रेस

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् ।

कांग्रेसका तिलक राईले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गरे । तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् । प्रकाशले भने २३ हजार ९ सय १४ मत पाए । 

०४७ साल देखि एमालेले जित्दै आएको साे क्षेत्रमा नेपाली कांग्रेसले पहिलाेपटक जितेको छ । कांग्रेसको जितसँगै नेकपाभित्र भने खैलाबैला सुरु भएको छ। नेकपाका नेता प्रदिप नेपालले समाजिक  सञ्जाल फेसबुृकमा स्टाटस लेख्दै धरानको हारलाई लाजमर्दो भन्दै टिप्पणी गरेका छन् । 

अघिल्लो चुनावमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले अलग–अलग उम्मेदवारी दिएका थिए। त्यसबेला एमालेका तारा सुब्बाले २० हजार भन्दा बढी मत ल्याउँदा कांग्रेसका तिलक राईले १६ हजार मत पाएका थिए । माओवादीका उम्मेदवारले त्यसबेला ११ हजार मत ल्याएका थिए। 

अहिले पार्टी एकीकरणपछि सो मत जोड्दा कांग्रेसको भन्दा करिब दोब्बर हुन्छ। 
 

प्रतिकृया दिनुहोस