• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

उपचुनाव: पचास ठाउँको नतिजा सार्वजनिक

रासस

काठमाडौं । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) अग्रस्थानमा  छ । 

हालसम्म घोषित ५० स्थानको मतपरिणाममा नेकपाले २९ स्थानमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थान सहित दोस्रो स्थानमा छ भने समाजवादी पार्टी नेपालले चार स्थानमा विजय प्राप्त गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार तीन स्थानमा विजयी भएका छन् भने एक स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वा्चित भएका छन् ।  नेकपाले एक प्रतिनिधि सभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र  २३ वडाध्यक्ष पद जितेको छ ।  

काँग्रेसले भने एक प्रदेश सभा सदस्य र ११ वडाध्यक्षमा विजय हासिल गरेको हो ।  समाजवादीका उम्मेदवार चार र राजपाका उम्मेदवारले तीन वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् । 

राष्ट्रिय जनमोर्चाका उम्मेदवारले  बग्लुङमा प्रदेशसभा सदस्य जितेका छन् भने एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

धरान उपमहानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम  अनुसार काँग्रेसका तिलक राईले २५ हजार ९९५ र नेकपाका प्रकाश राईले २३ हजार ३९२ मत पाएका छन् ।
 

प्रतिकृया दिनुहोस