• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

घुस लिने कम्पनी रजिष्टारका दुई सहायक रजिष्ट्रार विरुद्ध मुद्दा

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरका दुईजना सहायक रजिष्ट्रार सहित ३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रजिष्ट्रारहरु सीताराम खड्का र टंक बहादुर भट्टराई सहित सेवाग्राही सुनिल आर्चायलाई घुस अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सितारामले कम्पनी सम्बन्धी प्रशासनिक कामको सिलसिलामा आएका सेवाग्राहीको काम गरेवापत २० हजार रुपैयाँ घुस लिएका थिए ।

त्यसै गरी टंकबहादुरले सेवाग्राहीको कम्पनी अध्यावधिक गर्ने कामका लागि २० हजार रुपैयाँ घुस मागेका थिए । सुनिल आचार्यले सहायक रजिष्ट्रार टंकबहादुरलाई घुस दिएका थिए । साथै ऋण सापटीको कागजात समेत तयार गर्न समेत सुनिलले सहयोग गरेका थिए ।

आयोगले तीनैजना आरोपी विरुद्ध मुद्दा दायर गरेकाे हाे । अ‌ायाेगले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार बिगो बमोजिमको रकम कायम गरी पच्चीस हजार रुपैयाँ जरिवाना र तीन महिनासम्म कैद सजायको मागदावी विशेष अदालतमा गरेकाे छ ।

 

प्रतिकृया दिनुहोस