• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

वृद्ध र विधवा भत्ता बाँड्दा १२ हजार घुस

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । वृद्ध र विधवालाई जीवन यापनमा सहज हाेस् भनेर प्रदान गरिने भत्तामा वडा सचिव र कार्यालय सहयाेगीले आँखा लगाएका छन् । यसरी आँखा लगाउने ती कर्मचारीहरुलाई विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बारा आदर्श कोतवाल गाउँपालिका वडा नं.६ का सचिव रामएकवालप्रसाद यादव र कार्यालय सहयोगी दिनेश हजरामाथि मुद्दा दर्ता गरेकाे हाे । उनीहरुले १२ हजा घुस लिएकाे अख्तियारले जनाएकाे छ ।  

घुस लिने मनसायले रामएकवालले साे रकम उठाउन लगाएको र दिनेशले वडा सचिवको निर्देशन अनुसार काम गरेकाे अनुसन्धानबाट पुष्टि हुन आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

आयोगले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार बिगो रकम असुल गरी २५ हजार रुपैयाँ जरिवाना र तीन महिनासम्म कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हाे ।

प्रतिकृया दिनुहोस