• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

ट्वीटरमा ट्रम्पको ट्रोल 

विदेश डेस्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्वीटरमा अत्याधिक सक्रिय हुन्छन् । उनी कहिले ट्वीटरमार्फत् अन्य देश तथा समूहलाई चेतावनी दिन्छन् भने कहिले ठट्टा गरिरहेका हुन्छन् । यसपटक आफ्नै फोटोका कारण उनी चर्चामा आएका छन् । 

ट्रम्पले बुधबार ट्वीटरमा आफ्नो अनुहारसहितको यस्तै एक फोटो सेयर गरे । फोटोसप गरिएको सो तस्विरमा अनुहार ट्रम्पको छ भनेशरीर हलिउड अभिनेता सिल्वेस्टर स्टेलोनको । 

सिल्वेस्टरको सन् १९८२ मा प्रदर्शनमा आएको फिल्म रकी–३ को तस्विरमा आफ्नो अनुहार फोटोसप गरेर उनले ट्वीट गरेका हुन् । ट्रम्पले फोटोमा कुनै क्याम्पसन लेखेका छैनन् । ह्वाइट हाउसले पनि यसबारे कुनै प्रतिक्रिया दिएको छैन । 

सिल्वेस्टरले सन् २०१६ को राष्ट्रपति चुनावताका आफूलाई ट्रम्प निकै मनपर्ने बताएका थिए । 

यस्तो तस्विर राखेपछि ट्वीटर प्रयोगकर्ताले ट्रम्पको ट्रोल बनाएका हुन् । एक प्रयोगकर्ताले लेखेका छन् – ‘ट्रम्प धन्यवाद दिनेहरुका लागि लड्ने तयारी गर्दैछन् ।’ 

अर्का एक व्यक्तिले यो तस्विरको तुलना कार्टुन फिल्म ‘द सिम्पसन्स’ सँग तुलना गरे  उनले कार्टुन पात्रले ऐनामा आफ्नो शरीर ऐनामा हेरेको जस्तै ट्रम्पको तस्विर देखिएको उल्लेख गरे । 

डाक्टरले सर्ट खोल्न भनेका थिएः ट्रम्प

केही समयअघि ट्रम्पलाई हृदयघात भएको समाचार मिडियामा छाएको थियो । तर, ट्रम्पले मंगलबार यो समाचार आधारहिन रहेको बताए । 

उनले मेरिल्यान्डको वाल्टर रिड मेडिकल सेन्टरमा सामान्य चेकजाँचका लागि गएको बताए । ट्रम्पले हाँस्दै भने – ‘जाँच्‍नको लागि अस्पताल गएको, डाक्टरले सर्ट निकालेर छाति देखाउन भने ।’ 
 

प्रतिकृया दिनुहोस