• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

राष्ट्रपति भण्डारी आज दाङ जाँदै

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जानुहुने भएकाे छ ।

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्नका लागि राष्ट्रपति भण्डारी दाङ जान लाग्नुभएकाे हाे ।

बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्नुहुने कार्यक्रम तय भएकाे नेपाल संस्कृत विश्वविद्यालयले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएकाे हाे ।

२४ करोड ७२ लाख ३८ हजार ४ सय ६६ लागतमा साे भवन निर्माण सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस