उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिवबीच भेटवार्ता
काठमाडाैं । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
राप्रपा अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिवबीच मंगलबार दिउँसाे भेटवार्ता भएकाे हाे ।
सिंहदरबारस्थित मन्त्रालयमा भएकाे भेटवार्तामा उहाँहरुबीच ऊर्जा क्षेत्रको विकास लगायत द्विपक्षीय हित र चासोका छलफल भएको मन्त्री लिङ्देनकाे सचिवालयले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस