उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेश सचिवबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएकाे छ ।
उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव क्वात्राबीच मंगलबार बिहान भेटवार्ता भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएकाे भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हित तथा आपसी सहकार्य लगायत विषयमा छलफल भएकाे छ ।
भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, नेपाल-भारतबीच भएका सन्धी सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाबारे कुरा राख्नुभएकाे थियाे ।


प्रतिकृया दिनुहोस