परराष्ट्रमन्त्री पाैड्याल र भारतीय विदेश सचिवबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएकाे छ ।
परराष्ट्रमन्त्री पाैड्याल र भारतीय विदेश सचिवबीच साेमबार सिंहदरबारमा भेटवार्ता भएकाे हाे ।
नेपालकाे दुई दिने औपचारिक भ्रमणका लागि साेमबार काठमाडाैं आइपुग्नुभएका क्वात्रा परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सकेर मन्त्री पाैड्याललाई भेट्न मन्त्रालय पुग्नुभएकाे थियाे ।
उहाँहरुबीच नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ । परराष्ट्रमन्त्री पाैड्याल र भारतीय विदेशसचिवबीचऊर्जामा सहयोग, व्यापार, पारवहन, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, कनेक्टिभिटी पूर्वाधारलगायत विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस