• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

विद्यार्थी र युवालाई समृद्धिको यात्रामा जोड्ने नेतृत्व अनेरास्ववियुले गर्छ: प्रकाश भुजेल (अन्तर्वाता)

सुसन धमला

सुसन धमला

काठमाडौं । एमाले निकट अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन यहिँ फागुन २ देखि ४ गते सम्म काठमाडौंमा हुँदै छ । 

देशकै सबैभन्दा ठूलो विद्यार्थी संगठनका रुपमा आफूलाई स्थापित गरेको यस संगठनको औपचारिक महाधिवेशन करिब सात वर्ष पछि हुन आँटेको अवस्थामा हाल नेतृत्वका लागि रस्का रस्की चलेको छ । 

लामो समय पश्चात औपचारिक रुपमा महाधिवेशन हुँदै गर्दा नेतृत्वको दौडमा निकै अनुहार देखिन र निकै नाम सुनिन थालेका छन् । धेरै वर्ष देखि सर्वसम्मत नेतृत्व चयन गरिँदै आएकाले यस पटक पनि सोहि कार्यले निरन्तरता पाउने हो कि ? आफ्नो नेतृत्व चयन गर्न विद्यार्थीले नपाइने हो कि ? भन्ने विद्यार्थी माझ एउटा चासोको विषय बनेको छ । छलफलको विषय बनेको छ । 

विद्यार्थी संगठनसँग नयाँ पुस्ताका विद्यार्थीको घट्दो चोसो र निराश्यतालाई चिर्न अनेरास्ववियुले कसरी बढ्ला त ?

यसै विषयमा केन्द्रित रहेर हामीले अनेरास्ववियु निर्वाचन आयोगका अध्यक्ष प्रकाश भुजेलसँग लिएको अन्तर्वार्ताको सम्पादित अंश प्रस्तुत गरेका छौंः 

महाधिवेशन एकदमै नजिकै आइसकेको छ । महाधिवेशनको तयारी कसरि गरिरहनु भएको छ ?

अनेरास्ववविको यो २३ औं राष्ट्रिय महाधिवेशन एउटा ऐतिहासिक मोडमा छ । हामीले २२ औं महाधिवेशन गरेपछि झण्डै सात वर्ष भनेको ०७२ पछि हामीले महाधिवेशन औपचारिक रुपमा, विधिवत रुपमा गर्न पाइरहेका थिएनौं । यो विविध राजनीतिक परिवेशका कारणले हो तथापि अहिले हामी चैत्र पाँच गते हुन गइरहेको स्ववियु चुनावको सम्मुखमा हामीले हाम्रो महाधिवेशन गरिरहँदा यसलाई ऐतिहासिक बनाउने हाम्रो प्रयास रहन्छ । त्यसैले हामीले अहिले विभिन्न तहका बैठकहरु बसेर यसका सबै खालका तयारी सम्पन्न गरिसकेका छौं । करिब करिब हामीले महाधिवेशनको ८० प्रतिशत तयारी सकिसकेको अवस्था छ ।

लामो समय देखि विद्यार्थी आन्दोलनमा हुनुहुन्छ । यस पटकको महाधिवेशनमा तपाईंको उम्मेदवारी कुन पदका लागि ?

विद्यार्थी आन्दोलनमा मैंले करिब १४/१५ वर्ष बेथित गरिसकेको छु । महाधिवेशनका सन्दर्भमा चिन्दा चासो राख्ने विषय स्वभाविक छ । मेरो व्यक्तिगत धारण भन्दा पनि यो महाधिवेशनले पुस्तान्तरणको दृष्टिकोणमा विद्यार्थीको नेतृत्व विद्यार्थी कै पक्षमा, विद्यार्थी कै बीचमा पुर्‍याउने एउटा ऐतिहासिक निणर्य गर्नु पर्ने छ ।

त्यसरी लाने सन्दर्भमा विद्यार्थी आन्दोलनको नेतृत्वमा म पनि एउटा उपयुक्त पात्र हुन सक्छु भन्ने लागेको छ । त्यसैले यहिँ भनि नहालौं । म यो विद्यार्थी आन्दोलनलाई रचनात्मक तरिकाबाट ड्राइभ गर्ने मोडमा छु ।

विद्यार्थीको नेतृत्व विद्यार्थीले नै चुन्न पाउनु पर्छ भन्ने आवाज उठिरहेको सन्दर्भमा यस अघिका महाधिवेशनहरु सर्वसम्मत भए । यो महाधिवेशन पनि सर्वसम्मत नै होला कि निर्वाचनमा नै जाला त ?

अनेरास्ववियुले सर्वसम्मतलाई लोकतान्त्रिक विधि होइन भन्दैन । यो अनेरास्ववियु व्यापक छलफलबाट सर्वसम्मत नेतृत्व टुंग्याउन पनि सक्षम छ । तर राजनीतिक न्यायका हिसाबमा कसैलाई अन्याय हुने परिस्थितिमा, कसैलाई जवरजस्ती यो विद्यार्थी आन्दोलनबाट बाहिर्‍याउनु पर्ने परिस्थितिमा वा जवरजस्ती यो वा त्यो कोणबाट यो विद्यार्थी आन्दोलनलाई सहमति गर्ने पक्षमा यस पटक अनेरास्ववियु छैन ।

त्यसैले हामीले निर्वाचनका सबै तयारी पनि सँगसँगै अघि बढाएका छौं । अनेरास्ववियुले यस पटक भोटिङ मेसिन, डिजिटल इन्फोर्मेसनको प्रयोग गर्ने र महाधिवेशनलाई डिजिटलाइट गर्ने तयारीमा छौं र अघि बढिरहेका छौं । यदि सर्वसम्मत हुन नसकेको अवस्थामा हामी लोकतान्त्रिक विधि पद्धती निर्वाचन बाट नै नेतृत्व चुन्छौं । 

पुराना पार्टी, पुराना संगठनले अब केहि गरेनन् भनेर नयाँ तिर विद्यार्थी युवा पंक्ति अलि जाग्रित भएको हो कि जस्तो एउटा दृश्य देखिएको छ । यो अवस्था चिर्न अनेरास्ववियुले कस्तो भूमिका निर्वाह गर्छ ?

यी अहिले स्थानीय, प्रदेश र संघीय चुनावका दौरान देखिएका घटना हुन् यी । तर अहिले विद्यार्थीलाई त्यो पक्तिसँग विश्वास होइन । नेपालका राजनीतिक दलहरुले अपरिपक्कता प्रर्दशन गर्दा वा नेपालका राजनीतिक दल माथि नैतिकताको प्रश्न जव उठ्यो । त्यसपछि आम युवाले नयाँबाट केहि परिवर्तन होला कि भन्ने आशका कारण, विश्वास होइन आशका कारण एउटा मत डाइर्भट भएको सत्य हो । तर ति मत विश्वास थिएनन् । आशा थियो । त्यसैले अनेरास्ववियुले विद्यार्थी र आम युवालाई समृद्धिको यात्रामा जोड्न नेतृत्व गर्छ । 

सधैंको आन्दोल नै आन्दोलनले शिक्षा क्षेत्रमा धेरै प्रभाव पारिरहेको छ । अबको महाधिवेशनबाट आउने नयाँ नेतृत्वले शिक्षा क्षेत्रको सुधारका लागि त्रिविलाई दिने सुझाव के ? यसका लागि अनेरास्ववियु कसरि अघि बढ्छ ? 

यसमा विद्यार्थी आन्दोलनलाई हामीले कुन रुपले ग्रहण गर्‍यौं भन्ने कुरासँग जोड्न आवश्यक छ ।  जसमा मेरो एउटा स्पष्ट दृष्टिकोण छ । हिजोको राजनीतिक परिवेश, घटना र आन्दोलनमा अनेरास्ववियुको भूमिका र आजको समृद्धिको यात्रामा अनेरास्वविको भूमिका फेरिनु पर्छ । यसमा दुई कुरा छन् । पहिलो शिक्षा प्रणालीलाई राजनीतिसँग जोड्ने कुरा हामीले जे देख्यौं ।  परिक्षा, कार्यतालिका जस्ताका सन्दर्भमा जसरि प्रभावित गर्..यौं । यो कुराबाट विद्यार्थी आन्दोलन मुत्त हुनुपर्छ । अब विद्यार्थी आन्दोलन विद्यार्थीका मुद्धा, अधिकारसँग मात्र होइन शिक्षा मन्त्रालयसँग जोडिनु पर्छ । सरकारसँग जोडिनुपर्छ । 

अनेरास्ववियुले सडक आन्दोलन गर्छ ? गर्नुपर्छ । जनजिविकाका बारेमा बोल्छ ? बोल्नुपर्छ र आम युवा विद्यार्थी पंक्तिको नेतृत्व गर्नु पर्छ । विवेदमा विद्रोह गर्नु पर्छ । अनेरास्ववियुको अबको आन्दोलन विशुद्ध शैक्षिक नितिमा केन्द्रित हुनुपर्छ । शिक्षा प्रणालीमा केन्द्रित हुनुपर्छ । शिक्षा क्षेत्रका बेथितिका बिरुद्ध अन्य आन्दोलनका बाटोबाट होइन । नितिगत हस्तक्षेपबाट गर्नु पर्छ र प्रप्त उपलब्धिलाई आम विद्यार्थी माझ पुर्‍याइँदिने पुलका रुपमा अनेरास्ववियु स्थापित हुनुपर्छ । अबको अनेरास्ववियुको विद्यार्थी आन्दोलन स्वभाविक रुपमा राजनीतिक परिर्वतनको कोर्स भन्दा फरक हुनुपर्छ । 

अहिलेको शिक्षा प्रणालीमा आवश्यक सुधार के के छन् ?

लामो समय देखि हामीले समाजवादी शिक्षा प्रणाली, बैज्ञानिक शिक्षा प्रणाली  भन्यौं जुन अमूर्त थियो । अनेरास्ववियुले शिक्षा क्षेत्रमा बृहत्त बहस गरेर यसलाई अघि बढायो । तर, राजनीतिक घटनाक्रम देशको शिक्षा क्षेत्र बजेट अभाव, निजिकरण जस्ता बेथितिबाट जसरी प्रभावित बन्यो अब यो अमूर्त तरिकाबाट अघि बढ्न सक्दैन । नेपालको संविधानले व्यवस्था गरे बमोजिम समाजवादको बाटोमा हिडिरहेको समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा पुरा गुर्न पर्ने भएको कारणले हामीले अहिलेको महाधिवेशनलाई नै केन्द्रित गरेर गुणस्तरिय शिक्षा, निशुल्क स्वास्थ्य र पूर्ण रोजगारी भन्ने कुरा हामीले मुलभूत रुपमा अगाडि जोडेका छौं । शिक्षलाई अब व्यवहारिकतामा जोड्नु पर्छ भन्ने लाग्छ ।

स्ववियु निर्वाचन र अनेरास्ववियु महाधिवेशन नजिक नजिकै हुँदा एउटा नेतृत्व छनोट गर्नु पर्ने पाटो र अर्को स्ववियुको चुनौतीलाई अनेरास्ववियु कसरी मिलाएर अघि बढिरहेको छ ?

अनेरास्ववियुले महाधिवेशनको माध्यमबाट स्ववियु निर्वाचनलाई पुग्ने गरि तयारी अघि बढाएको छ । यस पटकको महाधिवेशनमा ऐतिहासिक नेतृत्व निमार्णमा ऐतिहासिक एउटा फड्को मारेर हामीले यो कुराको सन्देश दिन्छौं । मलाई विश्वास छ । यस पटकको स्वावियु चुनावमा ६० प्रतिशत हामी एकलौटि जित्ने छौं । 

नयाँ पुस्ताका विद्यार्थीको राजनीतिमा चासो घट्दो छ । यसमा अनेरास्ववियु विद्यार्थीका लागि उपयुक्त हो भन्नका लागि कसरी अघि बढ्नु हुन्छ ?

समाजको नेतृत्व राजनीतिले गरिरहेको अवस्थामा अब त्यसको नेतृत्व यहिँ आम युवा पंक्तिले गर्नु पर्छ । त्यसका लागि अनेरास्ववियु उपयुक्त बन्न सक्छ । राजनीति सिक्नु पर्ने विषय होइन, जान्नु पर्ने विषय हो । विद्यार्थीलाई राजनीति बुझाउन अनेरास्ववियु विद्यार्थी माझ छैन । विद्यार्थीलाई शैक्षिक नीति बुझाउनका लागि अनेरास्ववियु विद्यार्थीको माझमा छ । विद्यार्थीमा आइपरेका समस्या सुधारका लागि शिक्षा मन्त्रालय र सरकारसँग जोड्नका लागि अनेरास्ववियु हो ।

त्यसैले अनेरास्ववियु क्याम्पसमा शैक्षिक नीतिका लागि, व्यवहारीक कार्यान्वयनका लागि, सरकार र विद्यार्थीबीचको ग्यापलाई रोक्नका लागि अनेरास्ववियु क्याम्पसमा जाने हो । अनेरास्ववियुमा जोडिएका सबै विद्यार्थी आ–आफ्नो क्षेत्रमा सक्षम बनाउनु पर्छ । हरेक क्षेत्रमा सक्षम बन्नुहुन्छ । राजनीति एउटा पक्ष हो । अबको अनेरास्ववियु शिक्षा क्षेत्रमै केन्द्रित हुन्छ । गर्ने हो शिक्षा मार्फत नै यो देशको नीति समृद्धिमा लैजाने हो । 

नयाँ पुस्ताका विद्यार्थीमा विद्यार्थी राजनीति हुने कलेजमा पढाइ कम बन्द हड्ताल ज्यादा हुन्छ भन्ने मनोविज्ञानको विकास भइरहेको छ । विद्यार्थी संगठन चाहिँ विद्यार्थीकै हकहितका लागि हो भनेर ति विद्यार्थीलाई बुझाउन अनेरास्ववियुले के गर्छ ?

अनेरास्ववियु वा विद्यार्थी संगठन बन्द हड्तालका लागि हुँदै होइन । हामीले त्रिभुवन विश्वविद्यालय गएरै भनेका छौं ।  क्याम्पसमा लाग्ने तालाबन्दिको विरुद्ध हामी छौं । तर, हामीले मागेका मागको सम्बोधन गर्दा, रचनात्मक दबाब गर्दा कलेजले पनि मान्ने कि नमान्ने ? सुनुवाइ गर्ने कि नगर्ने ? सुन्ने कि नसुन्ने ? यदि भनेको नमान्दाको अवस्थामा अन्य बाटोको कुरा आउँछ । 

साँच्चै भन्ने हो भन्ने, विद्यार्थी आन्दोलन अब बन्द हड्तालमा छैन भन्ने अनेरास्ववियुको सार्वजानीक प्रतिवद्धता र अहिलेको मुल नेतृत्वको स्पिड हो । विद्यार्थी आन्दोलन हुने क्याम्पसमा नै विद्यार्थी आउनु पर्छ । किन ? विद्यार्थी आन्दोलन नहुने क्याम्पसमा जाँदा विद्यार्थी माथि हुने आर्थिक, नैतिक तथा भौतिक शोषणबाट मुक्त हुन विद्यार्थी आन्दोलन हुने क्याम्पसमा आउने हो । तर, अब विद्यार्थी आउनु पर्दैन हामी त्यहाँ पुग्दै छौं । जहाँ विद्यार्थी, त्यहाँ अनेरास्ववियु हाम्रो अभियान हो । राजनीति नगर्ने उद्देश्यले भएका विद्यार्थी पनि अनेरास्ववियुमा जोडिनु पर्छ । त्यसका दुई कारण छन् । पहिलो शैक्षिक योग्यता र शैक्षिक जिवन सफल बनाउनका लागि र दोस्रो यो देशलाई समृद्ध बनाउनका लागि पनि अब सबै विद्यार्थी अनेरास्ववियुमा गोलबद्द हुन जरुरि छ । 

 

प्रतिकृया दिनुहोस