• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

अल्बानियामा शक्तिशाली भूकम्प, इटालीसम्म धक्का महसुस

विदेश डेस्क

एजेन्सी । अल्बानियामा ६ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पका कारण थुप्रै भवन भत्किएका छन् भने मानिसहरु ती भवनका भग्नावशेषमा पुरिएका छन् । 

अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । रक्षा मन्त्रालयका अनुसार डरका कारण झ्यालबाट हामफाल्दा एक व्यक्तिको मृत्यु भएको छ भने १ सय ५० व्यक्ति घाइते भएका छन् ।

मंगलबार बिहानै राजधानी तिरानाबाट ३४ किलोमिटर उत्तरपूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का इटाली र सर्बियाको शहर नोभी सादमा समेत महसुस गरिएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ताले सैनिक तथा अन्य उद्धारकर्मीहरु भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा सक्रिय रहेको जनाएको छ । समुन्द्री शहर डुरेसमा तीनजना मारिएका छन् र यहाँ धेरैजना पुरिएका छन् । 

युरोपेली मेडाटेरानियन भूकम्प मापन केन्द्रका अनुसार मंगलबार भूकम्पपछि ५ दशमलव ३ म्याग्निच्युडसहित धेरैपटक पराकम्प गइसकेको छ । 

प्रतिकृया दिनुहोस