• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन हुने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल–भारत व्यापारमा सहजीकरणका लागि पारवहन सन्धि पुनरावलाेकन बैठक गरिने भएकाे छ । काठमाडौंमा मंगलबार देखि साे बैठकले नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तारमा सहयाेग पुर्‍याउने बताइएकाे छ । 

दुई दिनसम्म चल्ने सो सहसचिव स्तरीय बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल छन् भने भारतीय पक्षको नेतृत्वको भारतका वाणिज्य विभागका एडिसनल सेक्रेटरी भूपिन्दर सिंह भल्लाले गरेका छन् ।

जल मार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रुप दिने सहसचिव ढकालले जानकारी दिए । बैठकमा पारवहन सन्धिका विविध विषयमा छलफल हुने पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

 हल्दिया–साहिवगञ्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगको विषयमा पनि बैठकमा विस्तृत छलफल हुने सहसचिव ढकालले जानकारी दिए । त्यसैगरी बैठकमा दुवै पक्षबीच विद्युतीय कार्गो निगरानी प्रणाली (ईटीएस) सम्बन्धमा पनि छलफल हुनेछ ।

 

 

प्रतिकृया दिनुहोस