• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

भ्रमण बर्षकाे तयारी तिब्र

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । नेपाल भ्रमण वर्ष अ‌ाैपचारिक रुपमा सुरु हुन् एक महिना र केही दिन मात्र बाँकी छ । भ्रमण वर्षकाे अ‌ाैपचारिक सुरुअ‌ातकाे दिन नजिकिँदै जाँदा पर्यटन सम्बद्ध सराेकारवालाहरुकाे सक्रियता पनि बढ्दै गएकाे छ ।

यस क्रममा नेपाल भ्रमण बर्ष २०२० मूल आयोजक समितिको पाँचाैं बैठक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेकाे बैठकले भ्रमण वर्षलाई प्रभावकारी बनाउन अहिलेसम्म भएका कामकाे समीक्षा गरेकाे छ । त्यसैगरी अ‌ागामी दिनमा गरिने कामकाे पनि तयारी गरेकाे छ । 

बैठकमा सुरक्षा ब्यबस्था ,कार्यक्रम निर्माण तथा ब्यबस्थापन, सचिवालयले गरेका काम सम्बन्धमा छलफल भएकाे छ ।

भ्रमण वर्ष सचिवालयमा सरकारले हालै सोलुखुम्बुका बच्चु नारायण श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरेको छ ।

 

प्रतिकृया दिनुहोस