• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री परामर्शमा

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‌ाेलीले मन्त्रिमण्डलमा फेरबदल गर्ने नै भए । उनले मन्त्रिमण्डल फेरबदलका लागि अ‌ाज दिनभर पार्टीका विभिन्न नेताहरुसँग वार्ता गरेका छन् । 

केही दिनअघि प्रधानमन्त्री ओलीले निजी सचिवालयमा फेरबदल गरेका थिए । अब मन्त्रीमण्डल हेरफेरकाे पालो आएको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोही विषयमा कुरा गर्न प्रचण्डलाई बालुवाटार बोलाएका छन् ।

मन्त्रिमण्डल पुनर्गठनकाे विषयमा छलफल गर्न नेकपाका नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ अ‌ाज बिहान पुष्पकमल दाहाल प्रचण्डकाे निवास खुमलटार पुगेका थिए । 

मन्त्रिपरिषद् हेरफेरका लागि प्रधानमन्त्री ओलीले आन्तरिक गृहकार्य गरिरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले सनराइज खबरलाई बताए । यद्यपी कहिले पुर्नगठन हुने भन्ने टुंगो नभएको थापाले बताए । 'प्रधानमन्त्रीले तयारी गरिरहनुभएकाे छ । कतिबेला पुनर्गठन गर्नहुन्छ भन्ने चाहिँ थाहा भएन'- थापाले बताए ।

मन्त्रिपरिषद् पुर्नगठनका विषयमा अध्यक्षद्धयबीच निरन्तर छलफल हुँदै आएको छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पुनर्गठनकाे खाका तयार गर्न लागेको बताएका थिए । त्यो खाका छिट्टै सार्वजनिक गर्ने उनले बताएका थिए ।

 

प्रतिकृया दिनुहोस