• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

बंगलादेशसँग पराजित भयाे नेपाल

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तरगत बंगलादेशसँगको खेलमा नेपाल पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल ८ विकेटले बंगलादेशसँग हारेको हो । हारसँगै नेपाल प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

नेपालले दिएको १ सय ३९ रनको लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

ब‌ंगलादेशका लागि कप्तान नाजमुल हाेसेन स्यान्टाेले ५६ बलमा नटआउट ५९ रन बनाए । यस्तै ओपनर माेहम्मद नइमले ४५, र यासिर अलीले नटआउट १८ रन बनाए ।

बलिङतर्फ नेपालकाे लागि सुसन भारी र करन केसीले समान १ विकेट लिए । 

त्यसअघि बंगलादेशको ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४ ओभर ३ बलमा १ सय ३८ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले ३८, कप्तान ज्ञानेन्द्र मल्लले २२ र करण केसीले १८ रन बनाए । ८० रन जोड्दा ८ विकेट गुमाईसकेको नेपालका लागि सोमपाल कामी र करण केसीले नवौं विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ बंगलादेशका मिनाजुल अफ्रिदी र सुमोन खानले समान ३ विकेट लिए ।

समूह ‘बी’ मा रहेको नेपाल र बंगलादेशले समान दुई खेल खेलेका छन् । दुवै खेल जितेको बंगलादेश समूहको शीर्ष स्थानमा छ ।

एकमा जित र एकमा हार व्याेहोरेको नेपाल भने अंक तालिकाको तेस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराएको थियो ।

 

प्रतिकृया दिनुहोस