• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

किर्ते गर्ने अमेरिका चौधरी पक्राउ 

सनराइज खबर स‌ंवाददाता

बारा । किर्ते मुद्दाका फरार अभियुक्त अमेरिका चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाराले ०६९ बैशाख २५ मा उनलाई १ वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि चौधरी फरार थिए । 

बारा प्रहरीले चौधरीलाई लुकेर बसेको अवस्थामा पक्राउ गरेको जनाएकाे छ । प्रहरीले चौधरीलाई जिल्ला अदालत बारामा उपस्थित गराइसकेको छ ।

चौधरीलाई अदालतकाे निर्णय बमाेजिम कैद भुक्तानका लागि करागार कार्यालय वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिकृया दिनुहोस