• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

घुस खाने दुईजना खरिदार फन्दामा

सनराइज खबर स‌ंवाददाता

तौलिहवा । मालपोत कार्यालय कपिलवस्तुका खरिदारद्धय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरी विरुद्ध घुस अभियोगमा अख्तियार दुरुपयाेग अनुसन्धान अ‌ायाेगले मुद्दा दायर गरेको छ ।

उनीहरुलाई गत २९ असोजमा घुस रकम सहित पक्राउ गरिएको थियो । अख्तियारको टाेलीले उनीहरुलाई मालपाेत कार्यालय परिसर ताैलिहवाबाट पक्राउ गरेकाे हो ।

अ‌ायागका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुले जग्गाको मोही नामसारी गरिदिन्छु भनी सेवाग्राहीबाट ६ हजार रुपैयाँ घुस लिएका थिए ।

भ्रष्टाचार निवारण ऐन अनुसार उनीहरुलाई २५ हजार रुपैयाँ जरिवाना र तीन महिना सम्म कैद सजाय गर्न मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।


 

प्रतिकृया दिनुहोस