• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

रुप ज्योतिको फाइल थप अनुसन्धानको लागि प्रहरीलाई फिर्ता 

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । चर्चित व्यवसायी रुप ज्योतिको अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई नै फिर्ता पठाएको छ । 

पीडित भनिएका विजेन्द्रकृष्ण मल्लले रुप ज्योतिबाट आफूले बुझाएको बैना रकम फिर्ता पाएको विवरण उल्लेख गर्दै निवेदन दिएका थिए । त्यसबारे थप अनुसन्धान गर्न प्रहरीलाई फाइल फिर्ता पठाइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सह–न्यायाधिवक्ता चन्द्रकान्त खनालले सनराइज खबरलाई जानकारी दिए । 

बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंले रुप ज्योती र छोरी सुरुचीको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । 

‘पीडितको तर्फबाट आएको निवेदनको सम्बन्धमा पनि अनुसन्धान गर्न फाइल फिर्ता पठाइएको हो’ सह–न्यायाधिवक्ता खनालले भने–‘प्रहरीले थप अनुसन्धान गरेर ल्याएपछि मुद्दा चलाउन आवश्यक छ कि छैन त्यो निर्क्याैल हुन्छ ।’ 

सरकारी वकिल कार्यालयसँग पीडित र पीडकबीच छलफल गराएर मुद्दा नचलाउ सक्ने अधिकार रहेको छ । 

०७१ सालमा विजेन्द्रकृष्ण श्रेष्ठले ल्याण्डमार्क विल्डर्सको नामबाट रुपज्योतीसँग महाराजगञ्जको घर किनेका थिए । पैसा लिएर पनि घर श्रेष्ठलाई नदिएपछि ज्योतिको नाममा ठगी मुद्दा दर्ता भएको थियो । यही मुद्दामा ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिरमा अनुमति दिएको थियो। सो आदेश विरुद्ध उनले मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले कार्तिक १८ मा रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो। त्यसको १ वर्षपछि

मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनायो । सर्वोच्चको फैसलासँगै ज्योति पक्राउ परेका हुन् ।

प्रतिकृया दिनुहोस