• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

कुवेतका प्रधानमन्त्रीले दिए राजीनामा

रासस

कुवेत सिटी । कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा दिएका छन् । 

कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गरेको वक्तव्यमा प्रधानमन्त्रीको राजीनामाको कारण भने केही खुलाइएकाे छैन । 

सत्तारुढ सांसदहरुले संसद्‍मा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।  

खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद् पुनर्गठन बेलाबखत भइरहने गरेको छ, र पछिल्लो मन्त्रिपरिषद् गठन भएको दुई वर्ष पनि पुगेको छैन ।

- रासस/सिन्ह्वा
 

प्रतिकृया दिनुहोस