• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

प्रचण्ड , माधव नेपाल र नारायणकाजी बीच छलफल 

सनराइज खबर स‌ंवाददाता

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठबीच विशेष छलफल भएको छ। 

माधवकुमार र नारायणकाजी अ‌ाज बिहान  प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए। प्रचण्ड निवासमा दुवै नेता सँगै पुगेका थिए र सँगै निस्किएका थिए ।

नेता नेपाल र अध्यक्ष प्रचण्डबीच केही समय यता सम्बन्ध चिसिएकाे थियाे । सातवटा प्रदेशका प्रमुखकाे नियुक्तिमा अ‌ाफ्नाे समूहलाई भाग नदिन प्रचण्डले भूमिका खेलेकाे माधव समूहकाे बुझाई छ । सातवटा प्रदेश प्रमुख नियुक्त गर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अ‌ाेली र अर्का अध्यक्ष प्रचण्ड बीच मात्र भागवण्डा भएकाे थियाे । त्यसपछि माधवकाे समूह प्रचण्डसँग चिढिएकाे थियाे ।

अ‌ाजकाे भेटमा साे विषयमा कुरा भए नभएकाे प्रष्ट भएकाे छैन । तर माधव निकट स्राेतका अनुसार पार्टी भित्रका समस्याका बिषयमा छलफल भएको थियाे ।

भेटमा नेता नेपालले विधि र पद्धति अनुसार पार्टी चल्नुपर्ने धारणा राखेका थिए। 

लगभग एक वर्षसम्म स्थायी समितिको बैठक नबसेको भन्दै नेपालले अ‌ाजकाे छलफलमा गुनासो गरेकाे स्राेतकाे भनाई छ । जवाफमा प्रचण्डले छिट्टै स्थायी समितिको बैठक बस्ने र पोलिटब्युरो गठन हुने आश्वासन दिएको बताइएकाे छ ।

प्रतिकृया दिनुहोस