• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

नेपाली महिला टाेलीले हरायाे माल्दिभ्सलाई

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । प्रथम एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपकाे चाैथाे खेलमा पनि नेपाल विजयी भएकाे छ । ढाकाकाे मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा बुधबार भएकाे खेलमा नेपाली महिला टाेलीले माल्दिभ्सलाई पराजित गरेको हाे ।

नेपालकाे लगातार चाैथाे  जित हाे । यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तान, दोस्रो खेलमा किर्गिस्तान र तेस्रो खेलमा आयोजक बंगलादेशलाई हराएकाे थियाे । 

राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल  नोभेम्वर १४ मा हुनेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तान सहभागी छन् ।

प्रतिकृया दिनुहोस