• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

नेटफ्लीक्सको डकुमेन्ट्रीमा पोल्यान्डको आपत्ति 

विदेश डेस्क

एजेन्सी । पोल्यान्डका प्रधानमन्त्री मातेयुस्ज मोराविइच्कीले ‘डेभिल नेक्स्ट डोर’ नामक डकुमेन्ट्रीमा परिवर्तन गर्न आग्रह गर्दै स्ट्रमिङ कम्पनी नेटफ्लीक्सलाई पत्र लेखेका छन् ।

नेटफ्लीक्सबाट प्रशारण भइसकेको यो डकुमेन्ट्री सिरिज नाजी डेथ क्याम्प (बधशाला) का विषयमा आधारित छ । मातेयुस्जका अनुसार यस डकुमेन्ट्री शृंखलामा देखाइएको नक्सा अनुसार मृत्यु शिविर आधुनिक पोल्यान्डको सीमाक्षेत्र भित्र पर्छ । 

‘यसले पोल्यान्डबारे गलत व्याख्या गरे जस्तो देखिन्छ । डेथ क्याम्पका लागि पोल्यान्ड जिम्मेवार थियो भन्ने देखाउन खोजिएको उनको आरोप छ । जबकी यो क्षेत्र दोस्रो विश्व युद्धताका जर्मनीको कब्जामा थियो,’ मातेयुस्जले भने ।  

नेटफ्लीक्सले डकुमेन्ट्रीबारे आएको ध्यानाकर्षण बारे जानकारी भएको जनाएको छ । नाजी जर्मनीले पोल्यान्डलाई १९३९ मा कब्जा गरेको थियो, यो सँगै युद्ध पनि सुरु भएको थियो । जर्मनीले विभिन्न क्षेत्रमा डेथ क्याम्प बनाएको थियो, उसले त्यहाँ दशौं लाख मानिसलाई मारेको थियो, विशेषगरी यहुदीहरुलाई । 

प्रधानमन्त्री मातेयुस्जले नेटफ्लीक्सका सीईओको नाममा लेखेको पत्रमा ‘सम्झनाको सम्मान गर्नुपर्ने र दोस्रो विश्वयुद्ध तथा होलोकोस्टको वास्तविकतालाई संरक्षण गर्नुपर्ने’ उल्लेख छ । उनले नेटफ्लीक्सका केही कामहरु अत्याधिक मात्रामा मनगढन्ते रहेको र इतिहास पुनर्लेखन गर्न खोजिएको आरोप लगाएका छन् । 

प्रधानमन्त्री मातेयुस्जले युरोपको १९४२ को नक्सा पनि चिट्ठीसँगै पठाएका छन् । त्यस्तै, अस्चविट्जमा बन्दी बनाइएका विटोल्ड पाइलच्कीको जीवनी र कसरी सफलतापूर्वक त्यहाँबाट भाग्न भएका भएँ भनेर उनले लेखेको इतिहास पनि चिठ्ठीसँगै पठाइएको कागजमा समावेश छ ।
 

प्रतिकृया दिनुहोस