English

राजनीति

राजनीतिक आयोग बनाएर सीमा समस्या हल गर्नुपर्छ– भट्टराई

sunrisekhabar

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा चलेको सर्वपक्षीय बैठकमा सहभागिहरुले सुझाव दिने क्रम जारी छ । 

बैठकमा सहभागि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँगको पुरानो सन्धी हेरेर, विश्लेषण गरेर भारतसँग कुटनीतिक पहल गर्नुपर्ने सुझाव दिएको सञ्चारकर्मीहरुलाई बताएका छन् । यस्तै  प्रधानमन्त्री केपी शर्मा आ‍े‍लीलाई भारतीय प्रधानमन्त्रीसँग सम्पर्क गर्दै राजनीतिक आयोग बनाई यो समस्या हल गर्न भट्टराईले सुझाव दिएकाे बताए । 

बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका समाजवादी पार्टीको अध्यक्ष बाबुराम भट्टराईले अहिले सीमा विवाद हल गर्ने सही समय भएको बताएका छन् । उनले भने– ‘यसअघि दलहरु व्यवस्था परिवर्तनमा लागेका थिए । सबै दल एकैतीर नभएकाेले यस्ताे सम्भव थिएन । अहिले सबै दल एकै ठाउँमा भएकोले यो विवादको विषयमा पहल गर्ने सही समय हो । ’

उनले महाकालीको सीमानाको विषयमा सुगौली सन्धी नै हेर्नु पर्नेमा जोड दिए । चुनाव, मतगणना जस्ता तथ्य प्रमाणका आधारमा वार्ता मार्फत् कुटनीतिक रुपमा हल गर्नुपर्ने उनको भनाइ रहेको छ । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत