English

राजनीति

कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भूमि– कमल थापा

sunrisekhabar

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । 

बैठकमा सहभागि पूर्व प्रधानमन्त्री, परराष्ट्रमन्त्री र दलका नेताहरुले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि रहेकोमा एकमत व्यक्त गरेका छन् । 

बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले मिचेको भूमि नेपालकै रहेको र यो विषयमा भारतसँग कुटनीतिक पहल गर्नुपर्ने धारणा राखेको बताए । 

‘बैठकमा मैले यी भूभाग नेपालको हो, होइन भनेर विवाद गर्नु जरुरी नरहेको कुरा राखेँ’, उनले भने – ‘ती भूभागबाट यसअघि जनगणना भइसकेको हो, मालपोत उठाएको छ, तिरो उठाएको रेकर्ड छ। अतिक्रमित भूमि फिर्ता लिन र कालापानीबाट भारतीय सेना फिर्ता पठाउन प्रभावकारी ढंगबाट प्राथमिकताका साथ कूटनीतिक पहल गर्नुपर्छ।’  

अध्यक्ष थापाले आफूले बैठकमा परराष्ट्र सचिवतहको संयुक्त आयोगको बैठक बोलाउन सरकारले पहल गर्नुपर्ने सुझाव बैठकमा दिएको पनि जानकारी दिए।

प्राप्त प्रतिक्रिया
तपाईँको मत