English

अपराध

विप्लवका कार्यकर्ताबाट आठ थान ‘डेटोनेटर’ बरामद 

sunrisekhabar

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्य चुडामणी ओली ‘आदर्श’ सहित १६ जना नेता कार्यकर्ता शुक्रवार बाजुराका गौमुल गाउँपालिकास्थित माझपालीबाट पक्राउ परेका छन् । 

बाजुरा सदरमुकामबाट निकै टाढा पर्ने गौमुल गाउँपालिकाबाट विप्लवका कार्यकर्ताको साथबाट प्रहरीले बम बनाउन प्रयोग गरिने डेटोनेटर सहितका सामग्री नियन्त्रणमा लिएको छ । 

शुक्रबार प्रहरी पुगेपछि भागाभाग हुँदा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार घटनास्थल सर्च गर्दा बम बनाउन प्रयोग हुने सामग्रीहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विप्लवका कार्यकर्ताको साथबाट प्रहरीले नम्बर ३३ इलेक्ट्रोनिक कमर्सियल डेटोनेटर ८ थान बरामद गरेको छ । एक थान कटुवा पेस्तोल, गन पाउडर २ केजी, एउटा प्रेसर कुकर बम र केही मिटर बिजुलीको तार समेत बरामद गरेको छ । 

उनीहरुको साथबाट सैन्य तालिम सम्बन्धी दस्तावेज समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

को–को पक्राउ परे ?

प्रहरीले घेरा हालेर शुक्रवार रोल्पा घर भएका चुडामणी ओली सहित १६ जनालाई पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुको नामावली :

–चुडामणी ओली ‘आदर्श’ (केन्द्रीय सदस्य)

–डम्मरबहादुर सुनार ‘पहाड’ (बाजुरा जिल्ला सदस्य)

–अम्मलाल थापा ‘आसिस’ (साधारण सदस्य) 

–धर्मबहादुर थापा (टोली सदस्य)

–धरमसिंह बोहरा (पार्टी सदस्य) 

–कुस्मा वि.क (साधारण सदस्य) 

–सुस्मिता बि.क. (साधारण सदस्य)

–अस्मिता बि.क. (साधारण सदस्य)

–नरेश शाही ‘शिशिर’ (साधारण सदस्य) 

–राजेश कुमार शाही ‘रवि’ (साधारण सदस्य) 

–कमला बि.क. (साधारण सदस्य) 

–डबलबहादुर नेपाली ‘कमल’ (साधारण सदस्य) 

–उदय कसेरा ‘उमेश’ (साधारण सदस्य) 

–कृष्ण वि.क. ‘सुर्य’ (साधारण सदस्य) 

–धर्मराज सुनार (अभियान टोली सदस्य) 

–श्रृष्टि सिंह (साधारण सदस्य) 


प्राप्त प्रतिक्रिया
तपाईँको मत