English

सरकार

प्रधानमन्त्री सचिवालयका सबैकाे राजीनामा : अब मन्त्रीहरुको पालाे

sunrisekhabar

काठमाडौं । अचानक विकसित भएको राजनीतिक घटनाक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका सबैले राजीनामा दिने भएका छन् । 

‘प्रधानमन्त्रीलाई सचिवालय पुनर्गठन गर्न सजिलो होस् भनेर हामीले राजीनामा दिन लागेका हौं’– सनराइज खबरलाई सचिवालयका एक सदस्यले बताए । 

उनका अनुसार सचिवालयका सबै सदस्यले राजीनामा दिने जानकारी प्रधानमन्त्री ओलीलाई गराइएको छ । ‘यसबाट प्रधानमन्त्री ओली प्रशन्‍न हुनुभएको छ’– प्रधानमन्त्री निकट एक स्रोतले बतायो । उनीहरुको राजीनामा मंसिर १ बाट लागू हुने बताइएको छ । तर, आवश्यक ठानिएकाहरुलाई भने प्रधानमन्त्रीले पुन: बोलाउन सक्ने बुझिएको छ । 

स्रोत अनुसार प्रधानमन्त्री ओलीले यस्तै प्रकृतिको राजीनामा मन्त्रिमण्डलका सबै सदस्यहरुबाट पनि अपेक्षा गरेका छन् । मन्त्रिमण्डलका सबै सदस्यले राजीनामा दिनुपर्छ भन्ने पक्षमा महासचिव विष्णु पौडेलले लविङ गरिरहेको स्रोतको दावी छ । 

स्रोत अनुसार मन्त्रीहरुको राजीनामा सम्बन्धमा छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज साँझ केही मन्त्रीहरुको छलफल हुने भएको छ ।  
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत