English

राजनीति

संघीयतालाई सहि बाटोमा लैजान राजपासँग एकीकरण – बाबुराम भट्टराई

sunrisekhabar

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले संघीयतालाई सहि बाटोमा लैजान राष्ट्रिय जनता पार्टी नेपालसँग पार्टी एकीकरण गर्न लागेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जनजाति आन्दोलनमा आवद्ध पार्टीहरु र राष्ट्रिय जनता पार्टी नेपालसँग एकता गरेर मुलुकलाई भरपर्दो विकल्प दिने दाबी समेत गरे ।

उपेन्द्र यादवद्धारा लिखित पुस्तक ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ को काठमाडौंमा विमोचन गर्दै उनले सो कुरा बताएका हुन् । उनले यादवद्धारा लिखित पुस्तक ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्रल‘ मुलुकको संघीयतालाई बलियो बनाउने भरपर्दो सन्दर्भ सामग्री समेत हुने विश्वास व्याक्त गरे ।

 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत