English

सरकार

प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

sunrisekhabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय छलफल गर्ने भएका छन् । भारतले नेपाली भूमि समावेश गरेर सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साले सीमा विवाद उत्पन्‍न गरेपछि प्रधानमन्त्रीले सबैपक्ष समावेश गरेर छलफल गर्ने तयारी गरेका हुन् । 

भारतले नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपुलेकलाईसमेत आफ्नो भूमिमा समावेश गर्दै राजनीतिक नक्सा निकालेकाे थियाे ।  

शनिबार दिउँसो ४ बजे सर्वपक्षीय परामर्श बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहर डा.कुन्दन अर्यालले सनराइज खबरलाई जानकारी दिए ।

बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, कुटनीतिक नियोगका अधिकारी, सत्तापक्ष र प्रतिपक्ष सबै दलका प्रतिनिधिहरुलाई समेत बोलाइएको अर्यालले बताए ।

 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत