English

अपराध

आलम मुद्दाकाे बहस आइतबारसम्मकाे लागि स्थगित

sunrisekhabar

काठमाडौं । कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको थुनछेक बहस आइतबारसम्मकाे लागि स्थगित गरिएकाे छ ।

बिहीबार देखि जारी बहस शुक्रबार पनि नसकिएपछि आइतबारसम्मकाे लागि बहस स्थगित गरिएकाे हाे ।  आइतबार बहस सकिएपछि आलमलाई थुनामा पठाउने वा धराैटिमा रिहा गर्ने भन्‍ने अदालतले निर्णय गर्ने बताइएकाे छ । 

रौतहट प्रहरीले आलमलाई २६ असोजमा पक्राउ गरी  अदालतबाट तीन पटक म्याद थपेर अनुसन्धान गरेको थियो  ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको आलममाथि आरोप लागेको छ । २०६४ चैत २७ गते रौतहटको राजपुर चारमा बम विस्फोट हुँदा केही मानिसको निधन भएको थियो भने केही घाइते भएका थिए । 

 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत