English

अर्थ

सिमेन्ट गुणस्तरको विवाद सार्वजनिक लेखा समितिमा

sunrisekhabar

काठमाडौं । सिमेन्टको गुणस्तर घटाइ उपभाेक्तालाई मारमा पार्ने गरी गरिएको निर्णय लेखा समितिमा पुगेको छ ।

गत असार १८ गते बसेको नेपाल गुणस्तर परिषद् बैठकले आ‍ेपीसी सिमेन्ट उत्पादनमा प्रयोग हुने अघुलनशील कच्चा पदार्थको मात्रा बढाउँदै सिमेन्‍टकाे गुणस्तर घटाउने निर्णय गरेकाे थियाे । उद्योगमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा बसेकाे साे बैठकले सिमेन्ट उद्याेगीलाई पाेस्‍ने र उपभाेक्तालाई मार पार्ने निर्णय गरेको थियो । 

समितिका सदस्यहरुले सिमेन्टको गुणस्तर कमजोर बनाउन गतिविधि भइरहेको समाचार बाहिर आएको जनाउँदै यसमा छलफल गर्न आगामी साेमबार बैठक बाेलाएकाे छ । सिमेन्टकाे गुणस्तरकाे विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरु र नापतौल विभागका अधिकारीसँग छलफल गर्नुपर्ने आवश्यक्ता रहेको भन्दै साे बैठक बाेलाएकाे बुझिएकाे छ । 

परिषद्ले तोकेको मापदण्ड अनुसार उत्पादन गरेकाे सिमेन्ट प्रयोग गरिएका संरचनाहरू चाँडै फुट्ने र थोरै कम्पनले संरचनालाई असर पार्ने खतरा रहनेछ । 
 

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत