English

राजनीति

सीमा मिचिएकाेमा गम्भीर हुन सरकारलाई आग्रह

sunrisekhabar

काठमाडौं । प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । 

कांग्रेस नेता साउदले नेपालको सीमा भारतले अतिक्रमण गरेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै आक्रोश व्यक्त गरे । उनले नेपाली भूमि समावेश गरिएको भारतीय नक्साको विरोधमा परराष्ट्र मन्त्रालयका अधिकारीले निकालेको विज्ञप्तीमा हस्ताक्षर गर्ने अधिकारीको नाम समेत नलेखिदा सरकार दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न गम्भिर नभएको देखिएकाे बताए । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता साउदले भारतसँग रहेका सीमा विवाद समाधान गर्न आफ्नो पार्टीले पहल गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले भारतसँग भएको सीमा सम्बन्धी सबै समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । 

विगतका सरकारहरुले यी समस्या समाधानका लागि पहल गर्न नसकेको भन्दै उनले वर्तमान सरकारले यी समस्या समाधान गरेर आफ्नो योग्यता र क्षमता प्रर्दशन गर्नुपर्ने बताए ।

अध्यक्ष राणाले वर्षौदेखि भारतसँग थाँती रहेका नेपालको सीमा सम्बन्धी समस्या समाधान गर्न आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।

प्राप्त प्रतिक्रिया
तपाईँको मत