English

अपराध

रुप ज्योतिमाथि अनुसन्धान गर्न तीन दिन म्याद

sunrisekhabar

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका रुप ज्योति र उनकी छोरी सुरुचीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गरेको मितिबाट लागू  हुने गरी शुक्रबार तीन दिन म्याद थपेको हो ।

ज्योति ग्रुपका उपाध्यक्ष तथा व्यवसायी रुप ज्योती र उनकी छोरी सुरुची बिहीबार साँझ पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसरको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरेकाे थियाे ।

०७१ सालमा विकेन्द्रकृष्ण श्रेष्ठले ल्याण्डमार्क विल्डर्सको नामबाट रुपज्योतिसँग महाराजगञ्जको घर किनेका थिए । पैसा लिएर पनि घर श्रेष्ठलाई नदिएपछि ज्योतिको नाममा ठगी मुद्दा दर्ता भएको थियो ।

साेही मुद्दामा ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले ०७५ मंसिरमा अनुमति दिएको थियो । सो आदेश विरुद्ध रुपज्याेति मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले कार्तिक १८ मा रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो ।

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत