English

समाज

भारतीय नक्साविरुद्ध बाेल्याे एनअ‌ारएनए

sunrisekhabar

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली भू–भाग कालापानी भारतीय नक्सामा समेटिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । संघले शुक्रबार जारी गरेकाे विज्ञप्तिमा भारतको साे कदमबाट विश्वभर छरिएर रहेका नेपालीहरु दुखी भएकाे उल्लेख छ । 

संघले दुई देशबीच सुल्झाउन बाँकी सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यम र वार्ताद्वारा दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सर्ना गरेको छ । 

संघले अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन सम्पूर्ण विदेशमा रहेका नेपालीहरु प्रतिबद्ध जनाएको छ । 'मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धीत साेमुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्छ भन्ने हाम्रो मान्यता हो ।' विज्ञप्तिमा भनिएकाे छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत