English

अपराध

१८ लाखसहित हुण्डी कारोबारी पक्राउ

sunrisekhabar


काठमाडौं । अवैध हुण्डी कारोबारमा संलग्न तीनजना भारतीयलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

बिहीबार वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चोकबाट उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भारतको बिहारस्थित सुगौली बजार घर भएका २२ वर्षीय विक्की कुमार, रक्सौल नागा रोड घर भएका २६ वर्षीय सुधिर कुमार र ३० वर्षीय शइद आलम रहेका छन्

तीन वटा भारतीय मोटरसाइकलमा रक्सौलबाट नेपालतर्फ आएका हुण्डी ती करोबारीको साथबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत