English

खेलकुद

एमसीसीसँग ठूलो रन अन्तरले हार्‍यो नेपाल

sunrisekhabar

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाललाई २ सय ८ रनले पराजित गरेको छ । 

कीर्तिपुर मैदानमा जारी तीनदिवसीय प्रथम श्रेणी क्रिकेटको तेस्रो तथा अन्तिम दिन नेपाललाई  ३ सय ९३ रनको लक्ष्य दिएको नेपाललाई दोस्रो इनिङको ४१ औं ओभरमा १ सय ८४ रनमा अलआउट पार्दै जित हात पारेको हो । 

नेपालको लागि सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए । नवौं विकेटको लागि सोमपालले सन्दीप लामिछानेसँग ५० रनको साझेदारी गरेका थिए । पहिलो इनिङमा नटआउट ३९ रन बनाएका सन्दीप २५ रनमा आउट भए ।

नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले ६ रन, शरद भेषावकरले १५ रन, आरिफ शेखले १९ रन , करन केसीले  ८ रन बनाए । ओपनर राजु रिजालले ३१ रनको योगदान दिए ।

एमसीसीका ओलिभर हेनोन डाल्बीले ५ विकेट लिए । यसअघि एमसीसीले दास्रो इनिङमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएको थियो । 

नेपालको लागि विशाल लक्ष्य तयार पारेर डिक्लेयर गरेको एमसीसीले नेपाली ब्याटसम्यानलाई दबाबमा राख्दै खेलेको थियो । 

एमसीसीबाट इड योङले ३१, टिम वेस्ट्ली ३४, माइल्स हेमोन्ड ११, विल भानडेरस्पार ६ रन बनाई आउट भए । 

एमसीसीले पहिलो इनिङमा ३ सय ६४ रन बनाएको थियो । नेपालले पहिलो इनिङमा १ सय ५३ रनमात्र बनाएको थियो । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत