English

राजनीति

भारतीय दूतावास अगाडि अनेरास्ववियुकाे विरोध प्रदर्शन

sunrisekhabar

काठमाडौं । नेकपाको भातृ संगठन अनेरास्ववियुले लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । भारतले नेपाली भू-भाग मिचेको विरोधमा अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । 

नेविसंघले पनि लैनचौरमै प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले भारतको विवादित नक्सा समेत जलाएका थिए । ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’ लेखिएका प्लेकार्डसहित अस्कल क्याम्पसबाट सुरु  विरोध र्‍याली भारतीय दूतावास कार्यालय अगाडि आएर कोणसभामा परिणत भएको थियो ।

भारतले हालै सार्वजनिक गरेको  राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिएपछि भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत