English

समाज

प्योङ्‍याङ् नगरका प्रमुख काठमाडौंमा

sunrisekhabar

काठमाडौं । उत्तर कोरियाका प्योङ्‍याङ् नगरका प्रमुख चा हुइ रिम काठमाडौं आएका छन् । 

एक साता लामो भ्रमणका लागि आठ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दे बिहीबार नेपाल आएका रिमले काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरेका छन् । 

भेटमा मेयर शाक्यले आपसी सहयोगका बिषयमा कुरा गरेकाे र अबकाे दिनमा प्योङ्‍याङ्ले सहरी सेवा व्यवस्थापनका लागि प्रविधिमा सहकार्य गर्दै जाने बताएका छन् । 

साताव्यापी भ्रमणमा रहेका रिमले कठमाडाैं भगिनी सम्बन्ध स्थापनापछि आफनो पहिलो भ्रमण रहेको बताउँद काठमाडौं नगर, यहाँको विकास र जनताका आवश्यकताकाबारे परिचित हुनु मुख्य उद्देश्य रहेको बताए । 

‘हामी शान्ति र काठमाडौंसँगको आत्मीय सम्बन्ध चाहन्छौं । यस कोणबाट काठमाडौंको भ्रमण हाम्रा लागि उपलब्धीमुलक हुने मलाई लागेको छ’ – उनले भने ।   

काठमाडौं महानगरपालिकाले प्योङ्‍याङ् नगर प्रमुखलाई गाईजात्राको अवसरमा भ्रमणको लागि बोलाएको थियो । सो समयमा नआएका प्रमुख अहिले भ्रमणको लागि नेपाल आएका हुन् । 

काठमाडौं महानगरपालिका र उत्तर कोरियाली प्योङ्‍याङ् नगर बीच २०५७ सालमा भगिनी सम्बन्ध स्थापना भएको थियो । त्यसको १ बर्ष पछि भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो ।  


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत