English

खेलकुद

पाँच क्रिकेटर पीएसएल ड्राफ्टमा

sunrisekhabar

काठमाडौं । पाँच नेपाली क्रिकेटर पाकिस्तान सुपर लिग (पीएसएल) ड्राफ्टकाे लागि सिफारिश भएका छन् । 

विकेटकिपर ब्याटसम्यान विनोद भण्डारी, अलराउण्डर करन केसी, पवन शर्राफ, मोहम्मद आरिफ शेख र स्पीनर ललित राजवंशीको नाम सिफारिश भएको हो । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को आग्रहमा पीएसएलमा यी पाँच खेलाडीको नाम सिफारिश गरिएकाे नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । 

पीएसएलमा अहिलेसम्म स्टार लेगस्पीनर सन्दीप लामिछानेले खेलिसकेका छन् । यस्तै पारस खड्का र सोमपाल कामी पनि यसअघि ड्राफ्टमा भने अटाएका थिए । 
पीएसएलको पाँचौ संस्करण सन् २०२० को फेब्रअरी २२ देखि २२ मार्चसम्म आयोजना हुने तालिका छ । 

गत सिजनको पीएसएलको लिग चरणका खेलहरु यूएईमा खेलिएको थियो भने प्लेअफका खेलहरु पाकिस्तानमा नै खेलिएको थियो ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत