English

अपराध

विप्लव समूहका ललितपुर र भक्तपुर इन्चार्ज पक्राउ 

sunrisekhabar

काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका ललितपुर र भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले केसीलाई बिहीबार साँझ भक्तपुरबाट पक्राउ गरेको हो ।
 
पक्राउ परेका टेकबहादुरको साथबाट विप्लव समूहको महत्वपूर्ण दस्तावेज फेला परेको प्रहरी स्रोतले जनाएको छ । उनी विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेको थाहा भएको छ । 

यसअघि प्रहरीले ललितपुरस्थित एनसेल कार्यालयमा भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा नविन विकलाई पक्राउ गरेको थियो । एनसेल कार्यालयमा बम विष्फोट हुँदा नविन ललितपुर इन्चार्ज थिए । 

पदोन्नति भइ नविन अहिले उपत्यका इन्चार्ज भएपछि टेकबहादुरलाई दुई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको बताइएको छ ।  

प्राप्त प्रतिक्रिया
तपाईँको मत