English

राजनीति

देउवाले टेलिफोन गरे भारतीय दुतावासमा

sunrisekhabar

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  बिहीबार नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसँग टेलिफोन संवाद गरेका छन् । भारत सरकारले मंगलबार सार्वजनिक गरेको नक्साका सन्दर्भमा उनले कुराकानी गरेको बताइएको छ ।

भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेप र लिम्पियाधुरासहितको भू–भागलाई आफ्नो भु–भागमा गाभेको थियो । नेपाल भारत दुईपक्षिय छानविन समितिले काम  गरिरहेका बेला भारतले एकपक्षीय नक्सा सार्वजनिक गरेको हाे ।

भारतीय हेपाहा प्रवृतिप्रति प्रतिपक्ष नेपाली कांग्रेस, भातृ संङगठन तरुण दल, नेकपाको भातृ संङगठन अनेरास्ववियु,नेमकिपा,राप्रपा तथा विप्लव समूहले कडा  आलोचना गरेका छन् । सो विषयमा सरकारले पनि बुधबार बेलुका प्रेस विज्ञप्ती जारी गरेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्सामा नेपालको जमिन भारतमा नपारेको ठोकुवा गरेका छन् ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत