English

खेलकुद

कुवेतविरुद्धको खेल दशरथ रंगशालामा नहुने

sunrisekhabar

काठमाडौं । फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेत बीचको खेल दशरथ रंगशालामा नहुने भएको छ ।

यसअघि सो खेलको लागि रंगशाला तयार हुने बताइएको थियो । नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते दशरथ रंगशालामा हुने तालिका थियो । 

 बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले  कुवेतसँगको खेल दशरथ रंगशालामा नहुने जनाएको हो । पुनर्निर्माण भइरहेको रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नहुँद अर्को स्थान खोज्नु परेको हो । 

एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता समितिका प्रतिनिधि देङ् सिओ लोङले रंगशालाको निरीक्षणपछि फिफा र एएफसीले दशरथ रंगशालामा खेल सम्भव नरहेकाे भन्दै एन्फालाई खेल स्थल परिवर्तन  गर्ने निर्देशन दिएको हो ।

अब नेपाल र कुवेतबीचको खेलका लागि वैकल्पिक स्थान खोजिने एन्फाले उल्लेख गरेकाे छ । एन्फाले भुटानको चाङ्लिमिथाङमा गराउने प्रस्ताव फिफा र एएफसीलाई गरेको छ ।  

प्राप्त प्रतिक्रिया
तपाईँको मत