English

अपराध

चाेभारबाट अमेरिकन पेस्तोलसहित तीन पक्राउ

sunrisekhabar

काठमाडौं । प्रहरीले चाेभारबाट अमेरिकन पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं – १४ बस्ने मनोज बस्नेत र देवेन्द्र भण्डारी तथा कीर्तिपुरका बासिन्दा सुमन खड्कालाई पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरेको हो। उनीहरुसँग काेरेक्स नामक लागूआ‍ैषध पनि बरामद भएकाे प्रहरीले जनाएकाे छ । 

लुटपाट काममा संलग्‍न रहेकाे याे समूह प्रहरीकाे खाेजीमा रहेकाे महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले सनराइज खबरलाई जानकारी दिए । 

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत