English

कृषि

फौजी कीराको ‘थ्रेट’ अन्य बालीमा पनि  

sunrisekhabar

काठमाडौं । किसानको मकै र धान सखाप पारेर सताउने फौजी कीराको ‘थ्रेट’ अन्य बालीमा पनि देखिएको छ । 

अमेरिकामा पहिलो पटक देखिएको यो कीराले अहिले नेपाली किसानलाई सताइरहेको छ । भारतको बाटो हुृँदै नेपाल प्रवेश गरेको फौजीले प्रमुख बाली मकै र धानलाई ठूलो नोक्सान पारिसकेको छ । 

सुरुमा मकैमा मात्र लाग्‍ने कीराको रुपमा चिनिएको फौजी धानमा पनि देखियो । 

फौजीबारे थप अध्ययनबाट पत्ता लागे अनुसार धान गहुँ, जौ, जुनेलो, उखु, कोदोे, सूर्ती र सिमिमा पनि यसले आफूलाई जीवित राख्‍न सक्ने पुष्टी भएको कृषि वैज्ञानिक सुदीपकुमार  उपाध्यायले सनराइज खबरलाई बताए ।

फौजी कीराको जीवनचक्र

पोथी फौजी कीराले पातको आधार र डाठको बीचमा फूल पार्ने गर्छ । यो फूल दुई महिनाको अन्तरालमा आफ्नो जीवन चक्र पुरा गरी वस्यक बन्छ । यो कीराले एक वर्षमा तीन देखी पाँच पुस्ता निकाल्छ । 

माटोभित्र अचल अवस्थामा पनि बस्न सक्ने यो कीरा किसानले बेलैमा ध्यान नदिँदा यो कीरा बारीबाट हटाउन कठिन हुने वैज्ञानिक सुदीप बताउँछन् । 

कीरा देखा पर्ने समय 

भदौबाट देखा पर्न सुरु हुने यो कीरा त्यसअघि माटोभित्र अचल अवस्थामा बस्‍ने गर्छ । असोज र कार्तिकमा विकराल रुपमा देखापर्ने फौजीले बालीलाई ठूलो क्षति गर्छ । यो कीरा मंसिरसम्म देखापर्छ । मंसिरपछि भने अचल अवस्थामा रहन्छ । 

फौजीले लार्भाको रुपमा रहँदा नै बिरुवाको पात कोत्रेर खान सुरु गर्छ । लार्भाको संख्या धेरै भएमा यसले पातको मुल नसा र डाठ बाहेक सबै खाएर बोटलाई सखाप पार्छ । 

रोकथामको उपाय

फौजीले बालीलाई ठूलो क्षति पार्न सक्ने भएकोले यसको रोकथाम बेलैमा गर्न सुझाउँछन् वैज्ञानिक सुदीप । 

खेतभित्र र बाहिरको झार पात निकाल्ने, अचल अवस्थामा फौजी बस्ने भएकोले बाली भित्र्याएपछि ठुटाहरु खनजोत गरेर नष्ट गर्ने । खेतमा पानी चार दिनसम्म पठाइराख्ने । 
यो कीरा पातमा लुकेर बस्ने भएकाले खाडल खनेर पातमा भएको लार्भाहरु संकलन गरी मार्ने । 

यस्तै जैविक विषादी को प्रयोग गरेर यो कीरा नियन्त्रण गर्न सकिन्छ ।


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत