English

खेलकुद

इमर्जिङ टिम्स कपको लागि पारस र सन्दीप बिनाको टोली

छैनन् वसन्त पनि
sunrisekhabar

काठमाडौं । अर्को साताबाट बंगलादेशमा आयोजना हुने एसीसी एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली टोलीको घोषणा गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले छनोट गरेको टोलीमा स्टार खेलाडी पारस खड्का र सन्दीप लामिछाने छैनन् । प्रतियोगिताको मिति ढिलो घोषणा भएकोले दुबै खेलाडीले यूएईमा आयोजना हुने टी–१० लिग खेल्ने प्रतिबद्धता जनाइसकेका थिए । 

सोही कारण देखाउँदै दुबै खेलाडीले क्यानसँग ‘नो अब्जेक्सन लेटर’ मागेका थिए । दुबै खेलाडीको आग्रह स्वीकार्दै क्यानले प्रतियोगितामा सहभागि नहुन अनुमति दिएको हो । 

यो प्रतियोगिता एसियाका टेष्ट राष्ट्रका साथै बलिया राष्ट्रहरु हुनेछन् । नोभेम्बर २३ सम्म चल्ने प्रतियोगिता कुल आठ टोलीको सहभागिता हुनेछन् । युएईले सहभागिता नजनाउने भएपछि नेपालले यो । प्रतियोगिता खेल्ने मौका पाएको हो ।

सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । यस्तै समूह ‘ए’ मा पाकिस्तान, श्रीलंका, ओमान र अफगानिस्तान रहेका छन् । 

प्रतियोगिताको लागि घोषणा गरिएको टोलीमा युवा टोलीको बाहुल्यता रहेको छ । नेपाली सिनियर टोलीमा कुशल भुर्तेल पहिलोपटक समावेश भएका छन् । यस्तै युवा खेलाडीहरु इशान पाण्डे, सन्दीप जोरा, पवन शर्राफ, ललित राजबंशी, रोहित पौडेल पनि छन् । 

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीमा दीपेन्द्र सिंह ऐरीले उपकप्तानको भुमिका निभाउनेछन् । यस्तै सिनियर खेलाडी शरद भेषावकर पनि टोलीमा छन् । टोलीमा अर्का सिनियर खेलाडी बसन्त रेग्मी भने अटाएनन् । 

सोमपाल कामी, करन केसी, विनोद भण्डारी, सुशन भारी, अविनाश बोहरा र आरिफ शेख पनि टोलीमा छन् । 

टोलीको व्यवस्थापकमा प्रशान्त बिक्रम मल्ल रहेका छन् भने मुख्य प्रशिक्षक उमेश पटवाल छन् । सहायक प्रशिक्षकको भुमिका दीपेन्द्र प्रताप सिंहले पाएका छन् भने भिडियो एनालिष्टमा रमण शिवाकोटी छन् । विक्रम न्यौपानेलाई फिजियो थेरापिष्टको जिम्मेवारी दिइएको छ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत