English

खेलकुद

पहिलाे दिन एमसीसीकाे शानदार ब्याटिङ

sunrisekhabar

काठमाडाैं । नेपाल भ्रमणमा रहेको पाहुना टोली एमसीसी नेपालको राष्ट्रिय टोली विरुद्ध बलियो स्थितिमा पुगेको छ ।  

नेपाल र एमसीसी बीच कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा जारी तीन दिवसिय प्रथम श्रेणी अन्तर्गत पहिलो दिनको खेलमा एमसीसीले ८७ ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ११ बनाएको छ । 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एमसीसीले ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोड्न सफल भएको हो । एमसीसीका यासिर अराफात ३५ तथा एलेक्स थोम्पसन २२ रनमा अटआउट छन् । यस्तै एमसीसीको लागि ओपनर विल रोड्सले सर्वाधिक ७३ रनको योगदान गरे । १ सय १० बलको सामना गरेका रोड्सले १२ चौका प्रहार गरे ।

पहिलो विकेटको रुपमा बिल गडलम्यान १० रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि रोड्सले टम वेस्टलेले ९४ रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए । 

दोश्रो सेसनको सुरुवातमा सोमपालले रोड्सलाई बोल्ड गर्दै साझेदारी तोड्दै पवेलियन फर्काउँदा ३९ रन बनाएका टम वेस्टलेलाई शरद भेषावकरले एलबीडब्लूको धरापमा पार्दै मैदान बाहिर पठाए ।

चौथो विकेटको लागि माइल्स ह्यामन्ड र विल भान्डस्र्परले ४९ रनको साझेदारी गर्दा शरदले ५२ रन बनाएका ह्यामन्डलाई बोल्ड गर्दै साझेदारीलाई तोडे । 

५३ रन बनाएर भान्डस्र्पर पनि सन्दिपबाट एलबिडब्लुको धरापमा परे । सातौँ विकेटको रुपमा साझेदारी गर्दै यासिर अराफात र एलेक्स थोम्पसनले ३ सय रन पूरा गरे । 

९६ ओभरको खेल हुने तयारी भएपनि खराब प्रकाशका कारण ८७ आ‍ेभरको खेल रोकिएको थियो ।  प्रकाश नपुगेपछि अम्पाएरले खेल रोक्ने विकल्प दिएकोमा एमसीसीले खेल रोक्ने निर्णय गरेको छ ।  

बलिङतर्फ नेपालका सोमपाल कामीले १७ ओभर गर्दै ५० रन खर्चिदा ३ मेडन ओभर राख्दै दुई विकेट लिए । यस्तै २४ ओभर बलिङ गरेको सन्दिप लामिछानेले ८१ रन खर्चिएर २ विकेट हात पार्दा ३ मेडन ओभर गरे । 

यस्तै शरद भेषावाकरले पनि २ विकेट हात पारे । १० ओभर बलिङ गरेका शरदले १ मेडन ओभर राख्दै ३५ रन खर्चिए । यस्तै करन केसी, आरिफ शेख, ललित राजबंशी, दिपेन्द्र ऐरिले बलिङ गरे पनि विकेट हात पार्न सकेनन् ।

 खेल भोली पुन: सुरु हुनेछ । एमसीसी अलआउट भएपछि अथवा इनिङ समाप्तिको घोषणा गरेपछि नेपाली ब्याटिङ सुरु हुनेछ । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत