English

खेलकुद

१४ वर्षपछि प्रथम श्रेणीको क्रिकेट खेल्दै नेपाल

sunrisekhabar

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली १५ वर्षपछि प्रथम श्रेणीको क्रिकेट खेल खेल्दैछ । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपाली टोली त्रिवि क्रिकेट मैदानमा सो खेल खेलिरहेको हो । 

यसअघि सन् २००५ मा एसीसी प्रिमियर लिग खेलेयता नेपाली टोली यो स्वरुपको क्रिकेट खेल्न पाएको थिएन । एसीसीले याे प्रतियाेगितालाई विस्थापित गर्दै टी–२० प्रतियाेगिता गरेपछि नेपालले लामाे स्वरुपकाे खेल खेल्न नपाएकाे हाे । 

सोही कारण नेपाली टोलीमा अहिले शरद भेषावकर मात्र यो स्वरुपमा खेलमा अनुभव रहेका छन् । अन्य खेलाडीको भने यो डेब्यू खेल नै हो । 

आजको खेलमा नेपाली टोलीको लागि कप्तान ज्ञानेन्द्र मल्ल, राजु रिजाल, विनोद भण्डारी, ललित राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फ र सोमपाल कामीकाे डेब्यू भएकाे छ । सोमपालले श्रीलंकाको घरेलु क्रिकेटमा प्रथम श्रेणीको अनुभव भने लिइसकेका छन् । राष्ट्रिय टोलीको लागि भने उनको यो डेब्यू नै हो । 

अहिले चलिरहे्को खेलमा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । खेल शक्रबारसम्म चल्नेछ । 
 

प्राप्त प्रतिक्रिया
Naresh Bika लेख्नुहुन्छ २० कार्तिक, २०७६ १:०८ pm

Kina live nadhkha ko ho

तपाईँको मत