English

खेलकुद

दोस्रो मेयर कप टेबलटेनिस ललितपुरमा

sunrisekhabar

काठमाडौं । ललितपुरको नागबहालमा  टेबलटेनिस दोस्रो मेयर कप प्रतियोगिता आयोजना हुने भएको छ ।

ललितपुर महानगरपालिकाको १६ नम्बर वडाको आयोजनामा कार्तिक २३ देखि ३० गतेसम्म वडा स्तरीय प्रतियोगिता हुन लागेको हो ।

ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टेबलटेनिस खेलका प्रशिक्षक राजेन्द्र कपालीले बताए अनुसार – स्थानीय वडा तहका करिव ४ सयभन्दा बढि  खेलाडिहरुकाे सहभागिता रहने छ । जसमा महिला तथा पुरुष दुवै खेलाडी सहभागिता हुनेछ ।

सिंगल इभेन्टमा प्रथम पुरस्कार १० हजार, द्वितीय पुरस्कार ५ हजार र तृतिय पुरस्कार ३ हजार  रहेको छ ।

सो प्रतियोगिता संचालनका लागि करिब ८ लाख ५० हजार बजेट लाग्ने अनुमान गरिएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत