• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

१०९० संक्रमित थपिए,दुई जनाले ज्यान गुमाए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमितकाे संख्या बढ्दै गएकाे छ ।

गत २४ घण्टामा देशभर १ हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । २ हजार ९ सय ५८ जनाकाे पीसीआर परीक्षण गर्दा ५ सय ६० जना र ३ हजार ३ सय ४२ जनाकाे एन्टीजेन परीक्षण गर्दा ५ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा देशभर थप ४ सय ३८ जना संक्रमणमुक्त भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ७३ हजार ४ सय ५ पुगेकाे मन्त्रालयले मंगलबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा थप २ जना संक्रमितले ज्यान गुमाएका छन् । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९ सय ७४ पुगेकाे छ । नेपालमा हाल ५ हजार ८ सय ६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।


 

प्रतिकृया दिनुहोस